२०८२ पुष ७, सोमबार १५:१३

जेनजी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ।

अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ। आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन्।

जेनजीका विगतका माग पूरा नगरेको भन्दै उनीहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन्। माइतीघरमा डा निकोलस भुसालको समूह पनि देखिएको छ।

प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल लगायतका क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ। त्यस क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ। आन्दोलनका लागि भेला भएका जेनजी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ। भुसालसहित केही युवालाई नियन्त्रणमा लिइएको छ।

केही घाइते पनि त्यहाँ पुगेका छन्। प्रशासनको अनुमतिबिना कार्यक्रम गरिएको भन्दै प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको छ।

Comment


Related News

Latest News

Trending News