२०८२ पुष ८, मंगलवार ०८:१४

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरी चुनावमा गए मुलुकले निकास नपाई झन संकटमा फंस्ने बताएका छन् ।

सिरहाको गोलबजारमा सोमबार आयोजित डोटिम परिसंघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिलेको संविधान आफ्नै देशका जनतालाई गोली दागेर जबर्जस्ती जारी गरिएको, यसले मुलुकका सबै जनतालाई नसमेटेको र यसैकारण मुलुक अस्थिर रहँदै आएको बताए ।

‘यो संविधान जारी गर्ने बेला लाखौं मधेशी जनता सडकमा ब्ल्याकआउट गर्दै थिए तर गोली दागेर संविधान जारी गरियो,’ उनले भने, ’यस्तो संविधान जनतालाई स्वीकार्य हुँदैन ।’ अध्यक्ष यादवले संविधान संशोधन र परिमार्जन मात्र नभई आवश्यकताका आधारमा पुनर्लेखन नै गर्नुपर्ने बताए । तर, संविधानको उपचार नगरी अहिलेकै अवस्थामा चुनावमा गए देशले निकास नपाउने उनको जिकिर थियो । ’हामी चुनावमा त जाउँला,’ उनले भने, ’तर, यसरी मुलुकका समस्या ज्यूँकात्यूँ रहन्छन्, कांग्रेस र कम्युनिस्टले लुट मच्याइरहन्छन् ।’ संविधानमा सबै समुदायलाई जनसंख्याका आधारमा सम्बोधन गर्नुपर्ने उनले बताए । ’राजनीतिक वा प्रशासनिक क्षेत्रमा होस्, सेवा वा अवसर प्राप्तिमा होस्, गैरबराबरी अन्त्य गर्नुपर्छ,’ यादवले भने, ’जसको जति जनसंख्या छ, हरेक क्षेत्रमा त्यति हिस्सा मिल्नु प¥यो ।’

Comment


Related News

Latest News

Trending News