२०८२ पुष ८, मंगलवार १६:३४

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले मंगलबार पनि सरकारबिरुद्ध प्रदर्शन गरेका छन् ।

जेनजीको भावना बिपरित सरकार अघि बढ्न खोजेकाले प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिनुपर्ने माग राख्दै उनीहरुले मंगलबार पनि काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले जेनजीका माग पुरा गर, जेनजीको माग चूनाव होइन, सुशासन हो, लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रशासनको अनुमतिबिना प्रदर्शन भएपछि प्रहरीले रोक्न खोजेपनि उनीहरुले प्रदर्शन गरेका थिए ।

वर्तमान सरकार जेनजी आन्दोलनको म्याण्डेड बिपरित अघि बढेकाले सर्वपक्षीय सरकार गठन हुनुपर्ने उनीहरुको माग छ । जनतामा राज्यप्रतिको भरोषा कमजोर हुँदै गएकाले युवाहरुलाई एकीकृत गर्दै नयाँ आन्दोलन सुरु गरिएको उनीहरुले जनाएका छन् ।

Comment


Related News

Latest News

Trending News