२०८२ पुष ८, मंगलवार १८:०७

निर्वाचन आयोगले ६ वटा राजनीतिक दल खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले जरिवाना नतिरेका दल दर्ता खारेजको निर्णय गरेको हो ।

आयोगले तोकेको जरिवाना नतिरेका दललाई स्पष्टीकरण सोधिएकोमा सम्पर्कमा नआएपछि कानुन व्यवस्थाअनुसार दल दर्ता खारेज गरिएको हो ।

ती दलहरू निर्वाचन प्रयोजनाका निम्ति दर्ता भएका थिएनन् । त्यस्तै, आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाता पनि स्वीकृत गरेको छ ।

Comment


Related News

Latest News

Trending News