२०८२ पुष ९, बुधबार ०७:३०

केही दिनदेखि तराई– मधेश क्षेत्रमा अत्यधिक बढेको चिसोले जलन र हाइपोथर्मियाका बिरामीहरु बढन थालेको छ । अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा जलन र हाइपोथर्मियाका बिरामीहरू बढी संख्यामा आउन थालेका छन् ।

अस्पतालका अनुसार दैनिक औसत ४/५ सयको संख्यामा आउन बिरामी मध्ये बढी बिरामी चिसोले प्रभावित रहेका हुन्छन् । ती मध्ये बढी हाइपोथर्मिया र जलनको बिरामी रहेका छन् । अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी गरिब, मजदुर, वृद्ध–वृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका हाइपोथर्मिया तथा जलनको रहेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंहले जानकारी दिएका छन् । उनी भन्छन् ‘अहिले उपचार गराउने आउने बिरामी मध्ये अधिकांश हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डाइरिया, दमएटैक, हर्ट एटैक लगायतका चिसोले प्रभावित रहेका छन् । ती मध्ये बढी संख्या हाइपोथर्मिया, जलन र भाइरल निमोनियाका बिरामी रहेका छन् ।’ बाहिरी चिसोको प्रभावले शरीरको तापक्रम कम भएपछि चिसो छल्न आगो ताप्ने क्रममा जलन हुने र लामो समयसम्म चिसोमा बस्दा शरीरको तापक्रम असामान्य रूपमा घटेर हाइपोथर्मियाको समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् ।

निर्देशक डा. सिंहका अनुसार, “हाइपोथर्मिया भनेको शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नु हो । लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई तातो राख्न नसक्दा यस्तो अवस्था आउँछ । तर हाम्रो मधेशतिर दाउरा, कोइला र गोइठाको बालिएको आगो (अगेना) घरको झ्याल ढोका राख्ने कारणले गर्दा त्यसबाट निस्किने धुँवा र आगोको तापक्रम बाहिर निस्किन नसक्दा हाइपोथर्मियाको अवस्था आउंछ ।” डा. सिंहले कुहिरो, चिसो हावा, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाएर बस्नु, राति खुला स्थानमा सुत्नु तथा पोषणको कमी हाइपोथर्मियाका मुख्य कारण हुन् । तर हाम्रो मधेशतिर घरभित्र आगो बाल्दा त्यसबाट निस्किने धुँवा र आगोको अत्यधिक तापले आक्सीजन कम गरी कार्बनडाइक्साइडबाट निस्किने मोनो कार्बनडाक्साइडले साँससँगै शरीरमा जाँदा प्वाजनिंग भएर सांस फेर्ने समस्या भई हुने गरेको छ । यसले गर्दा हार्ट एटैक, बेहोसी र ज्यानसम्म जाने गरेको छ । उनका अनुसार नवजात शिशु र साना बालबालिका, वृद्ध–वृद्धा, गरिब, दैनिक ज्यालादारी मजदुर र सडकमा बसोबास गर्ने व्यक्ति, दीर्घरोगी (दम, मधुमेह, मुटुरोगी), कुपोषित व्यक्ति र गर्भवती महिला लगायतका बढी हाइपोथर्मियाबाट प्रभावित हुने गरेका छन् । जसमा सबभन्दा बढी वृद्धवृद्धा र नवजात शिशुको संख्या बढी छ ।

डा. सिंह भन्छन्, “यी समूहमा शरीरको ताप सन्तुलन क्षमता कमजोर हुने भएकाले हाइपोथर्मिया छिटो देखिन सक्छ ।” अस्पतालमा आउने हाइपोथर्मियाका बिरामीमा अत्यधिक जाडो लाग्नु, सांस फेर्न समस्या हुनु, शरीर काप्नु वा अकडिनु, बोली अस्पष्ट हुनु, बेहोस हुने, छाला चिसो र नीलो देखिनु र हर्ट एटैक जस्ता छन् । डा.सिंहले हाइपोथर्मियाबाट बच्न घरको झ्याल ढोका बन्द गरेर आगो नबाल्ने, चिसोबाट बच्न न्यानो कपडा लगाउने, विशेषगरी बिहान र राति बाहिर ननिस्कने, आगो ताप्दा अत्यन्त सावधानी अपनाउने, नवजात शिशुलाई कपडा फुकालेर जिउजिउमा टाँसेर राखि न्यानो लुगा लगाएर आफ्नो शरीरबाट गर्मी दिने, प्रोटीनयुक्त दाल, गेंडागुडी, झोलीय पदार्थ, अण्डा, केरा, तीलको लड्डु र जाउलो लगायतका खाना खानुपर्छ ।

चिसोले शरीर अकडिएको वा अत्यधिक जाडो लागेको खण्डमा, सांस फेर्न गाह्रो भएमा वा बेहोसी (मुर्छां) जस्ता समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जाने उनको सुझाव छ । किन बढी रहेको चिसो महिनामा हाइपोथर्मियाका बिरामी भन्ने प्रसँग उनले गरीबी र जनचेतनाको आभावमा मधेशका ग्रामीण क्षेत्रमा हाइपोथर्मियाका बिरामी बढिने गरेको बताउंछन् ।

उनले भने मधेश प्रदेशमा गरीबको संख्या बढी छ । अधिकांशसँग शरीरभरी ढाक्ने गरी न्यानो लुगाको आभावमा आगो बालिएको अगेना ताप्ने र प्रोटिनयुक्त पोषिलो खानाको आभावले बढेको हो । अर्कोतर्फ जनचेतनाको आभाव सबै कुराको पर्याप्ता भएपनि त्यसको सदुपयोग नगर्ने कारणले शहरी र समृद्ध परिवारका व्यक्तिमा यस्ता समस्या देखिने गरेको छ ।

Comment


Related News

Latest News

Trending News