जसपा नेपालले पुस १४ गते जनकपुरधाममा प्रदेशस्तरीय विरोध प्रदर्शन तथा आमसभा गर्ने भएको छ ।
जनकपुरधाममा बुधबार जसपा नेपाल मधेश प्रदेश समितिको बैठकबाट विरोध प्रदर्शन तथा आमसभालाई सफल पार्नका लागि विभिन्न समितिसमेत गठन गरिएको जनाइएको छ ।
जसपा नेपालका महासचिव रामकुमार शर्माको अध्यक्षतामा भएको बैठकबाट जसपा नेपालका केन्द्रीय उपमहासचिव दीपक कार्कीको संयोजकत्वमा पाँच जिल्लाका केन्द्रीय सदस्यलाई समेटेर समिति गठन गरिएको छ । त्यस्तै जितेन्द्र यादवको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा प्रचारप्रसार समिति गठन गरिएको छ ।
उक्त समितिमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दीपेन्द्र कापडि, बलिराम कापडिलगायत रहेका छन् । त्यसैगरी जसाप नेपालकी कोषाध्यक्ष सुरिता साहको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिमा सुरेन्द्र कुमार यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता, डा. बबि सिंह यावसहितका रहेकी छन् ।
त्यस्तै युवा परिचालनका लागि युवा तथा विद्यार्थी विभागका प्रमुख विन्देश्वर यादवको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ ।


