२०८२ पुष १०, बिहीबार १७:३७

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा समारोहमा प्रधानमन्त्री कार्कीले सरकार अहिले राजनीतिक दल र जेनजीको दोहोरो दबाबमा रहेको र सरकारलाई पेन्डुलमजस्तै बनाउने काम भएको बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गर्नुभयो । बिभिन्न दलका साथै जेनजीहरुले पनि सरकार छाड भनेर दवाब दिएपनि सरकार छोडेर हिँड्ने अवस्था नरहेको उहाले बताउनुभयो । उहाले मुलुकमा अहिलेकै अवस्था रहिरहे आगामी दिन सहज नहुने भएकाले निर्वाचनमार्फत निकास दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकालले समाजलाई परिवर्तन गर्न सरोकारवालाबीच सहकार्य हुनुपर्ने भन्दै आफुहरुको निरन्तर सहयोग हुने प्रतिद्धवता जनाउनुभयो । साहित्यका माध्यमबाट समाजको यथार्थ चित्रण हुने भएकाले साहित्य क्षेत्रलाई प्रोत्साहन गर्न जरुरी रहेको उहाको भनाइ छ । बाइट……

कार्यक्रममा प्रतियोगितामा प्रथम भएको एक मान्ठ एक देउता शीर्षकको कथाका कथाकार शिवराज शाहीलाई नगद दुई लाख रुपैयाँ पुरस्कारसहितको पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित भुइँकुहिरोको बीचमा शीर्षकको कथा द्वितीय भएको छ भने इन्द्रप्रसाद गोतामे (जगतजंग)द्वारा लिखित अधुरो प्रतिलिपि शीर्षकको कथा तृतीय भएको छ ।

Comment


Related News

Latest News

Trending News