२०८२ पुष १०, बिहीबार १७:४४

पूर्व गृहमन्त्री रमेश लेखकले पुस १४ गते सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।

बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले जनेजी आन्दोलनमा भएका घटनासम्बन्धी

जाँचबुझ आयोगमा आगामी सोमबार बयान दिन जान लागेको बताउनुभएको हो । आयोगले बयानका लागि शुक्रबार उपस्थीत हुन पत्रचार गरेको भन्दै उहाले आफु भने सोमबार आयोगको कार्यालयमा पुगेर बयान दिने बताउनुभयो ।

जेनजी आन्दोलनका क्रममा भएको दमनका बारेमा बयान दिन जाँचबुझ आयोगले लेखकलाई पत्रचार गरेको थियो । पार्टी केन्द्रीय समिति बैठकमा परामर्शपछि लेखक बयानका लागि तयार हुनुभएको हो ।

Comment


Related News

Latest News

Trending News