२०८२ पुष ११, शुक्रबार १७:०८

भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको ‍जाँचबुझ आयोगविरूद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरूद्धको रिट खारेज गरेको हो। यस्तै यसमा निर्देशनात्मक आदेश पनि जारी गरेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सहितलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले  कात्तिक १८ गते सर्वोच्चमा रिट दायर गरेको थियो।

पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्षको रूपमा नियुक्त गरी न्याय प्रणालीले अबलम्बन गरेको प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन हुन गएको रिटमा उल्लेख थियो।

अध्यक्ष कार्कीले आफैले छानबिन गर्नुपर्ने विषयका सम्बन्धमा आफ्ना समाचार शेयर गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइको सिद्धान्त र निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको पनि रिटमा उल्लेख गरिएको थियो।

उनीहरूलाई निवेदनको अन्तिम टुंगो नलागुन्जेलसम्म अध्यक्ष तथा सदस्यको रूपमा कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेशको माग गरिएको थियो।

Comment


Related News

Latest News

Trending News