२०८२ पुष १२, शनिबार १४:२४

ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको बाँकी काम भइरहेको छ । आउँदो चैतभित्र कमला पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यो पुलको लम्बाइ ४ सय ६९ मिटर रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गएको मङ्सिर ५ मा पुलको स्थलगत अनुगमन गरी निर्माणको काम तत्काल अघि बढाएर जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।

ठेक्का सम्झौता भएको १४ वर्ष भैसक्दासमेत पुल नबन्दा नागरिकले सास्ती खेप्नु परेको छ । गाडी लामो रुट प्रयोग गरी आवत–जावत गर्दै आएका छन् । तराई–मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ सालको जेठमा २४ करोड ९१ लाख (भ्याटसहित) पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो ।

शुरूको सम्झौता बमोजिम पुल निर्माण २०७१ सालको मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गएको असारमा सकिएको थियो । आउँदो असारसम्म म्याद थपका लागि प्रस्ताव पेश भएको छ ।

Comment


Related News

Latest News

Trending News