२०८२ पुष १२, शनिबार १५:३६

शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकको दू्रत बिकासका लागि नीतिगत सुधारतर्फ वर्तमान सरकार अघि बढेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा घर निर्माण फाउन्डेसनद्धारा आयोजित घर निर्माण फेस्टमा मन्त्री घिसिङले नेपालमा द्रुत विकास हासिल गर्न वर्तमान ऐन, कानुन र प्रक्रियागत झन्झट मुख्य बाधक भएको भन्दै यसलाई सुधार गर्न सरकार अघि बढेको बताउनुभएको हो । उहाले अध्यादेशाबाट भएपनि मुलुकको बिकासमा बाधा पर्ने कानूनहरुलाई परिमार्जन गरिने जानकारी दिनुभयो । उहाले दश वर्षे विकास दशक घोषणा गरी छाता ऐनमार्फत विकासलाई सही मार्गमा ल्याउन नसके अपेक्षित प्रगति हासिल हुन नसक्ने धारणा राख्नुभयो । विकास निर्माणका लागि सीमित बजेट भए पनि कार्यान्वयनमा देखिएको समस्याका कारण त्यसलाई खर्च गर्न नसकिएको उहाको भनाइ । उहाले उहाँले आफ्नो कार्यकाल तीन महिना पूरा भइसकेको र बाँकी साढे दुई महिनामा पनि विकासको कार्यान्वयन ढाँचा सुधारतर्फ केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले निर्माण व्यवसायीका समस्याहरु पनि सरकारले सम्बोधन गर्ने उल्लेख गर्दैै नियमवस समयमा नै आयोजना पुरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News