२०८२ पुष १४, सोमबार १८:२८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन विना हुन लागेको निर्वाचन जेनजी विद्रोह प्रतिको धोखा रहेको बताएका छन ।

जनकपुरधाममा आज आयोजित वृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भ्रष्टाचार, शासकीय स्वरुपमा परिवर्तन सहितको विषयलाई लिएर भएको जेनजी विद्रोहको माग सम्बोधन विना हुन लागेको निर्वाचनले मुलुकको अवस्था र व्यवस्थामा खासै फरक नपार्ने दावी गरे ।

संविधान जारी भए देखीनै आफुहरु विरोध गरि रहेको उल्लेख गर्दै अध्यक्ष यादवले आफुहरुको मांग त्यति बेलै सम्बोधन गरि दिएको भए जेनजी विद्रोहको अवस्थानै नआउने दावी समेत गरे ।

अहिले संसदीय व्यवस्थाले मुलुक उभो नलाग्ने दावी गर्दै उनले शासकीय व्यवस्थामा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसदको विकल्प नरहेको उल्लेख गरे ।

सरकारले जेनजी विद्रोहको मांग सम्बोधन विनै निर्वाचन गर्न लागेको भएपनि आफुहरु निर्वाचनबाट नभाग्ने बताए । मधेश विद्रोहले शुरु देखी उठाउदै आएको माग र जेनजी विद्रोहले उठाएका मागहरु सदनमा दह्रोका साथ उठाउन, उत्पिडित र शोषित जनताको मागलाई राख्न निर्वाचनमा भाग लिने बताए ।

विगत ३० वर्ष देखी शासन गर्दै आएका काँग्रेस र कम्युनिष्टले देशलाई अधोगतिमा पु¥याएको दावी गर्दै अध्यक्ष यादवले यिनीहरुबाट देशको विकास सम्भव नरहेको बताए ।

मुलुकले खोजी रहेको परिवर्तनमा लागि साकार पार्न मधेश विद्रोहलाई नेतृत्व गरेका नेताहरु पुनः एक जुट हुन लागेको उल्लेख गर्दै अध्यक्ष यादवले हिजो मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी संग एकता भएको र विगतमा जसपा नेपाल छोडेर गएका नेताहरु समेत पुनः एक जुट हुन लागेको बताए ।

Comment


Related News

Latest News

Trending News