२०८२ पुष १५, मंगलवार ०७:४४

मधेश प्रदेशका सभामुख रामअशिष यादवले शिक्षा बिना कुनैपनि विकास सम्भव नरहेको बताएका छन् ।

जनकपुरधामस्थित मोनाष्टिक इङ्ग्लिस बोर्डिङ स्कुलद्वारा आयोजित एक कार्यक्रममा सभामुख यादवले समाजिक विकासका लागि शिक्षा नै मूल आधार रहेको बताउंदै शक्षा बिना समुन्नत, सभ्य र सक्षम समाजको परिकल्पना गर्न नसकिने स्पष्ट पारे ।

सभामुख यादवले विश्वका विकसित र समृद्ध राष्ट्रहरूको उदाहरण प्रस्तुत गर्दै शिक्षामा निरन्तर लगानी गरेका मुलुकहरू नै आज विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताए । ‘शिक्षा कुनै एक वर्ग वा समुदायका लागि मात्र नभई समाजका हरेक तह र तप्काका व्यक्तिका लागि आवश्यक छ,’ उनले भने, ‘शिक्षाको उज्यालोले मात्र समाजमा चेतना, नैतिकता र जिम्मेवारीको विकास हुन्छ ।’ सभ्य समाज निर्माणमा शिक्षा र शिक्षकको भूमिकालाई अत्यन्तै महत्वपूर्ण बताउँदै सभामुख यादवले शिक्षकलाई सम्मान र शिक्षालाई प्राथमिकता दिन सके मात्र देशको भविष्य सुरक्षित हुने धारणा व्यक्त गरे ।

उनले शिक्षाले पुस्तौँ पुस्तासम्म समाजलाई समुन्नत बनाउँदै लैजाने प्रमुख माध्यमको रूपमा काम गर्ने उल्लेख गरे । त्यसैले विद्यालयहरूले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी नैतिक शिक्षा, संस्कार, अनुशासन र सामाजिक मूल्य–मान्यतामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

सभामुख यादवले वर्तमान प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूलाई व्यवहारिक, नैतिक र जीवनोपयोगी शिक्षा दिन सके मात्र उनीहरू सक्षम नागरिकका रूपमा स्थापित हुन सक्ने बताए । ‘शिक्षा केवल परीक्षा पास गर्ने साधन होइन, असल नागरिक बनाउने माध्यम हो,’ उनले जोड दिए । कार्यक्रममा विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा विद्यालयको शैक्षिक क्षेत्रमा पु¥याएकाहरुलाई सम्मानित गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News