२०८२ पुष १५, मंगलवार १८:३१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले–कांग्रेसजस्ता ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको बताउनुभएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमाले र नेपाली काँग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने भन्दै ठूला पार्टीसंग डराएर अन्य दलले मोर्चाबन्दी गर्दै हिडेको र यो क्रम निर्वाचन अघिसम्म जारी रहने बताउनुभयो ।

कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद भएको टिप्पणी गर्दै ओलीले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाख्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने धारणा राख्नुभयो । उहाले कुनै न कुनै दिन हुने निर्वाचनको तयारीमा एमाले रहेको भन्दै निर्वाचनबाटै फैसला दिने दावी गर्नुभयो ।

उहाँले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताउनुभयो । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वाेच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिनुभयो ।

संसद पुनस्र्थापना गरेर मात्र वर्तमान राजनीतिक संकट हल गर्न सकिने उहाको भनाइ छ । प्रधानमन्त्री ओलीले राहदानी रोक्काका साथै स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News