२०८२ पुष १६, बुधबार ०९:०४

बाराको भारतीय सीमासँग जोडिएको सिम्रौनगढ नगरक्षेत्रबाट प्रहरीले १० किलो लागुऔषध गाँजा र एक थान मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर टोल निवासी ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन्।

मंगलबार राति करिब सवा ८ बजे मोटरसाइकलमार्फत गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो। सई बालाराज गिरी र असई विश्वराज कुशवाहाको कमाण्डमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी अमृतगन्जबाट संयुक्त टोली खटिएको थियो।

टोलीले सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थान रामनगरबाट डाट गाउँतर्फ जाँदै गरेको ना ५४ प ६१८६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा झोलाभित्र लुकाइछिपाई राखिएको दुई पोका गरी १० किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।

गाँजा, मोटरसाइकलसहित चालक राजकुमार कुशवाहा र पछाडि सवार पुनदेव पटेललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको इन्स्पेक्टर साहले जानकारी दिएका छन्।

Comment


Related News