२०८२ पुष १६, बुधबार १२:४०

आज सुनचाँदीको भाउ घटेको छ ।

सुन आज तोलामा एक हजार १ सय रुपैयाँले घटेको हो ।

तोलामा एक हजार १ सय रुपैयाँले घटेर सुन तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा एक सय २० रुपैयाँले घटेको छ ।

भाउ घटेको दिन चाँदी आज तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News