२०८२ पुष १६, बुधबार १९:४०

धनुषा प्रहरीले अनलाइन ठगीमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषामा आज आयोजित पत्रकार सम्मेलनमा धनुषा प्रहरीले नक्कली वालेट आइडी बनाएर ठगी गर्ने कार्यमा संलग्न रहेका धनुषाका गणेशमान चारनाथ–१ घर भई धनुषाधाम नगरपालिका–९ धारापानी चौकमा मामा भान्जा ट्रेडर्स आइएमइका सञ्चालक विशाल भुजेलसहित ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

पक्राउ पर्ने अन्य अनलाइन ठगीका अभियुक्तहरूमा धनुषाधाम–९ का वर्ष ३७ का सन्तोष मण्डल, धनौजी गाउँपालिका–२ का वर्ष २५ को साधुराम, सोही ठाउँका वर्ष २० का रुपेश कुमार साह, वर्ष १९ का निक्की कुमार राम जनकपुरधामको शिव चोक एरिया डेरा गरी बस्ने वर्ष २२ को बलराम मण्डल रहेको प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरू अधिकांश विभिन्न राम्रा कलेजका विद्यार्थी र आइटीमा विशेष दखल राख्नेहरू नै भएको प्रहरी उपरीक्षक कुँवरले बताउनुभयो ।

प्रहरी अनुसन्धानबाट उनीहरूले विदेशबाट आफन्तले पठाएको रकम लिनका लागि गाउँबाट आईएमईमा आउने महिलाहरूसँग झुक्क्याएर नागरिकता तथा फोटो लिएर उनीहरूकै नाउँमा वालेट एकाउन्टहरू सञ्चालन गरेर सोही एकाउन्टहरूमा अनलाइन मार्फत सामान बिक्रीका लागि रकम जम्मा गर्न लगाउने र समान नआउने गरेको खुलेको छ ।

सर्वसाधारणबाट १ हजार ६ सय देखि १० हजारसम्म रकम जम्मा गर्न लगाउने तर समान नआएको उजुरी प्रहरीमा परेपछि अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता रहेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका अभियुक्तको साथबाट विभिन्न कम्पनी १९ थान मोबाइल, विभिन्न कम्पनीका ४ वाट ल्याब ट्याव, एप्पल कम्पनीका आई प्याड १ थान, ठगी कार्यमा प्रयोग भएका सिम कार्डहरू २० थान, सिम कार्डको ५५ थान कभर र इन्टरनेटको राउटर ३ थान रहेको धनुषाका प्रकरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिनुभयो ।

प्रहरी अनुसन्धानको क्रममा विभिन्न व्यक्तिको नाउँमा खोलिएको वालेट आइडीबाट हालसम्म ३९ हजार २० हजार ६५ बराबरको कारोबार भएको खुलेको छ भने ४ लाख रकम २९ जनाको वालेट रोक्का रहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News