२०८२ पुष १८, शुक्रबार ०७:४४

जनकपुरधाममा आज मिथिला पहिरण दिवस मनाइएको छ । राष्ट्रिय पोसाक दिवसको उपलक्ष्यमा हिन्दु सम्राट सेना नेपालले आजको दिन मिथिला पहिरण दिवसको रुपमा मनाउने गरेको छ ।

रामायणकालिन ईतिहास बोकेको मिथिला क्षेत्रको राजधानी जनकपुरधामको मौलिकता बचाई राख्ने उद्देश्यले परम्परागत मैथिली पहिरण (धोती, कुर्ता, गम्छा, पाग) लगाएर समाजलाई मिथिलाको पहिचान स्मरण गराउन खोजेको हिन्दू सम्राट सेनाका केन्द्रिय सदस्य ज्ञ्यानेन्द्र सनातनीले जानकारी दिए । मिथिलावासीले अहिले आफ्नो संस्कृति र पहिचान बिर्सीसकेकोले उनीहरुलाई आफ्नो परम्परा र पहिचानको ध्यान गराउन आवश्यक रहेको उनले बताए । अहिलेका मिथिलावासीले हनुमान चालिसा र गायत्री मन्त्रसमेत बिर्सिसको उनले गुनासो गरे । उनले सामाजिक सञ्जालमा टिकाटिप्पनी गर्नेहरुले आफ्नो धर्म, संस्कृति र पहिचान पहिला के हो भनेर बुझ्न आवश्यक रहेको बताए ।

त्यस्तै हिन्दु सम्राट सेना नेपालका उपाध्यक्ष कृष्णा सनातनीले मिथिलाको पहिचान मैथिली पोसाकलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए । उनले वैदिक सनातन धर्ममा धोती कुर्ता र पागको उल्लेख रहेकोले यसलाई नबिर्सन सबैलाई आग्रह गरे । उनले जन्मदेखि मरन सम्म हरेक शुभ कार्यमा पूजा पाठ गर्दा पनि धोती र कुर्तानै लगाईने हुँदा आधुनिकरणको नाममा संस्कृति बताउन सबैले एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले अभिभावकहरुलाई आफ्नो बच्चालाई संस्कृति सिकाउन र बचाउन आग्रह गरे ।

सो क्रममा लक्ष्मी सनातनीले हिन्दु धर्म अनुसार नयाँ वर्ष मनाउन आग्रह गरिन । उनले जनकपुरका विभिन्न स्थानहरुमा स्थानीय युवाहरुले ठूलो स्वरमा अश्लिल गीतहरु बजाएर ई.संको नयाँ वर्ष मनाइरहेकोमा आक्रोस व्यक्त गरेकी छन् । सनातन धर्ममा नयाँ वर्ष बैसाख १ गत्ते रहेकोले सो दिन मात्र नयाँ वर्ष मनाउन उनले आग्रह गरिन । साथै उनले मिथीलाको पहिचान मैथिली पहिरणलाई अन्य देशहरुमा उत्सुक्ताका साथ अपनाईरहेकोमा आफ्नै देशमा वेवास्ता गर्नेहरुलाई लाज लाग्नु पर्ने धारणा राखिन । उनले आफ्नो पहिचान र आफ्नो पहिरनको सम्मान गर्न सबैलाई आग्रह गरिन ।

Comment


Related News

Latest News

Trending News