२०८२ पुष १८, शुक्रबार ०७:५३

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा मधेशबाट २० जनाको नाम सिफारिस गरेको छ ।

पेश गरिएको बन्द सूचीमा मधेशबाट सबभन्दा बढी धनुषा जिल्लाबाट ७ जनाको नाम सिफारिस गरिएको छ । यस्तै सिरहा र रौतहटबाट ३/३ जना, सर्लाही र बाराबाट २/२ जना, सप्तरी, महोत्तरी र पर्साबाट एक/एक जनाको नाम सिफारिसमा परेको छ ।

एमाले बुझाएको बन्द सूची अनुसार धनुषाबाट उर्मिलादेवी पासवान, यशोधा कुमारी यादव, मञ्जु महतो, रेणु साह, अरविन्द साह, रामचरित्र साह र चन्देश्वर यादव रहेका छन भने सप्तरीबाट असरा देवी चौधरी, महोत्तरीबाट अनिल सिंह, सर्लाहीबाट सर्मिला कुमारी यादव, रुही नाजको नाम सिफारिस गरिएको छ ।

यस्तै पर्साबाट विचारी प्रसाद यादव, बाराबाट एकवाल मिया, अंशु नेपाली र रौतहटबाट अंशु सिंह, बबिता दास कर्ण, सचितानन्द साह र सिरहाबाट आशा कुमारी यादव, चन्देश्वर मण्डल राजेश अग्रवाहको नाम सिफारिसमा परेको छ । पर्सा, महोत्तरी र सप्तरी जिल्लालाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै पार्टीका कार्यकर्ता र स्थानीयहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

बन्दसूचीमा मधेस प्रदेशबाट कुल २० जनाको नाम विभिन्न क्लस्टरमा समावेश भए पनि पर्सा, सप्तरी र महोत्तरीबाट एक/एक जनाको नाम मात्र सिफारिस गरिएको भनी नेता कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । यसले समग्र मधेस प्रदेशलाई नै पार्टी नेतृत्वले प्राथमिकतामा नराखेको स्पष्ट सन्देश दिएको विश्लेषकहरू बताउँछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाबाट विभिन्न क्लस्टरमा ९ जनाको नाम समावेश भएको तथ्याङ्कले नेतृत्वको पक्षपातपूर्ण निर्णयलाई उजागर गरेको छ ।

मधेस प्रदेशका अन्य जिल्लाहरू; धनुषा, सिराहा, रौतहट र सर्लाहीलाई भने उल्लेख्य प्राथमिकता दिइएको देखिन्छ । गत आम निर्वाचनमा समानुपातिकतर्फ एमालेलाई झन्डै ४३ हजार मत दिएको पर्सा जिल्ला यस पटक एक्लो नाम मात्रमा सीमित भएको छ । विचारी प्रसाद यादव पूर्व संविधानसभा सदस्य र मधेस प्रदेश एमाले उपाध्यक्ष हुँदाहुँदै उनको नाम आठौँ नम्बरमा परेकाले उनी सांसद बन्ने सम्भावना न्यून छ ।

यादवमाथि संसदीय विकास कोष दुरुपयोग र जिल्लामा गुटबन्दीको आरोप पनि लाग्दै आएको छ । विश्लेषकहरूका अनुसार, एमालेले मधेस प्रदेशमा सङ्गठन बलियो नभएका वा गत निर्वाचनमा कमजोर मत प्राप्त गरेका जिल्लाहरूलाई बढी प्राथमिकता दिएको देखिन्छ । पर्सा भने एमालेको लागि परम्परागत रूपमा राम्रो मत दिने जिल्ला हो ।

यसअघि भएका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा पर्साले उल्लेख्य परिणाम दिएको भए तापनि यस पटकको बन्द सूचीले पर्सालाई पूर्ण उपेक्षा गरेको त्यहाँको नेताहरुको भनाई छ । राजनीतिक विश्लेषकहरूका अनुसार, बन्द सूचीले एमालेको मधेस प्रदेशमा गम्भीर कमजोरी उजागर गरेको छ । प्रदेशमा एमालेको मत आधार खस्कँदै गएको बेला पर्सा जस्तो बलियो जिल्लालाई उपेक्षा गर्नु नेतृत्वको रणनीतिक भूल हो । अध्यक्ष ओलीको केन्द्रीकृत निर्णय प्रक्रियाले पार्टीभित्रै असन्तोष बढाएको छ ।

Comment


Related News

Latest News

Trending News