२०८२ पुष १८, शुक्रबार ११:१३

सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।

उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।

भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको थियो । गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताए ।

घटनापछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट ( बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ ।

सुनसरीका सीडीओ वासुदेव घिमिरे छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन आएपछि थप कदम चाल्ने बताउँछन् ।

Comment


Related News

Latest News

Trending News