२०८२ पुष १८, शुक्रबार १८:०८

सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समानुपातिक बन्दसूचीमा समावेश गर्न आदेश दिएको छ।

कुनै दलले पेश गरेको बन्दसूचीमा संविधान र कानूनबमोजिम अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व नभएको देखिएमा त्यस्तो दललाई उम्मेदवारको बन्द सूची सच्चाई अपाङ्गता भएका व्यक्तिहरूको नामसमेत समावेश गराउन आदेश दिएको हो ।

अदालतले भनेको छ, ‘निर्वाचनमा संविधान, कानून र यस अदालतबाट जारी आदेश परिपालना हुने सुनिश्चित गर्नु भनी विपक्षी निर्वाचन आयोगको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(१) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ।’

Comment

Related News

Latest News

Trending News