२०८२ पुष १८, शुक्रबार १८:२५

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका क्रममा देखिएका मुआव्जा समस्यालाई समाधान गर्ने बताउनुभएको छ ।

आदिवासी जनजाति आयोगले शुक्रबार ललितपुरमा आयोजना गरेको जलविद्युत् परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको प्रभाव र समाधानसम्बन्धी छलफल कार्यक्रममा मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर लगाएतका अन्य परियोजना निर्माणका क्रममा देखिएका मुआव्जा समस्यालाई समाधान गर्ने बताउनुभएको हो ।

केही जग्गाधनीले नगद मुआब्जाको सट्टा जग्गाको बदलामा जग्गा उपलब्ध गराउनुपर्ने बिषयमा छलफल भएको उहाले बताउनुभयो । उहाले मुआव्जा समस्यालाई समाधानका लागि धेरै प्रयास गरिरहेको भन्दै स्थानीय समूदाय पनि सहमतिमा आउनुपर्नेमा जोड दिनुभयो । मुआव्जा समस्यालाई समाधान हुन नसकेको अवस्थामा आयोजनाको लागत निकै उच्च हुने भएकाले सरकारले यसमा बिशेष ध्यान दिएको उहाको भनाइ छ ।

दातृ निकायको मापदण्डअनुसार मुआव्जा समाधान गर्नुपर्ने आवश्यकता भन्दै उहाँले परियोजनाको सामाजिक पक्षप्रति सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो । आयोजनाको लागत महङ्गो भए त्यसबाट उत्पादीत विधुत समेत महङ्गो हुने अवस्था आउने उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News