२०८२ पुष १९, शनिबार ०८:२१

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र छरितो रूपमा गर्ने व्यवस्था मिलाउन प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार मुख्यमन्त्री यादवले कार्यालय प्रमुखहरूलाई निर्देशन दिदै उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएकाले सामान्य उपचारका लागि पनि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए । यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउन समेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो ।

मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गरे । प्रदेश सरकार जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य क्षेत्र सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

Comment


Related News

Latest News

Trending News