२०८२ पुष २०, आईतवार ०९:२१

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार भारतको राजधानी नयाँदिल्ली जाँदैछन् । प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड आइतबार साँझ दिल्ली उड्ने कार्यक्रम रहेको छ ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका दलसँग एकतापछि बनेको नेकपा संयोजक रहेका प्रचण्ड जेनजी आन्दोलनपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।

प्रचण्डले दिल्लीमा नेकपा निकट प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड सन्देश सभालाई सम्बोधन गरे लगत्तै सोमबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रचण्डको दिल्ली बसाइका अन्य भेटवार्ताबारे भने केही खुलाइएको छैन ।

Comment


Related News

Latest News

Trending News