२०८२ पुष २०, आईतवार १५:३७

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना मागलाई सरकारले सम्बोधन नगरे वार्ता तोडिने चेतावनी दिनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय संकल्प पृथ्वीपथ बिषयक कार्यक्रममा प्रसाईंले आफ्ना मागका बारेमा सरकारलाई औपचारिक रुपमा जानकारी गराइसकिएको भन्दै सम्बोधन नभए वार्ता तोडिने चेतावनी दिनुभएको हो । उहाले सरकारसंगको वार्ता सफल नभए आन्दोलनमा जानका लागि आफु तयार रहेको बताउनुभयो । प्रसाईंले समानबिचार भएकाहरु एकै ठाउमा आएर आफ्ना एजेण्डा पुरा गर्न दवाव दिनुपर्ने धारणा राख्नुभयो ।

उहाले मुलुक अप्ठेरो अवस्थामा रहेकाले देशबाहिर रहेका युवाहरु फर्केर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

 

Comment


Related News

Latest News

Trending News