२०८२ पुष २२, मंगलवार ०८:१२

राष्ट्रिय सभाको आसन्न निर्वाचनका लागि उम्मेदवारी दिन जनता समाजवादी पार्टी(जसपा) नेपालका सम्मानित नेता महन्थ ठाकुर मंगलबार जनकपुरधाम आउन लागेका छन् ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल एकीकृत भएर जनता समाजवादी पार्टी नेपाल र चुनाव चिन्ह छातामा सहमति भएसंगै ठाकुर उम्मेदवारी दर्ताका लागि जनकपुरधाम आउन लागेका छन् । जसपा नेपालका नेताहरुले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुसित गरेको सहमतिमा मधेश प्रदेशबाट राष्ट्रिय सभामा एक स्थान जसपा नेपालले पाएको छ ।

राष्ट्रिय सभाको १९ स्थान फागुन २० गते कार्यकाल सकिदैछ ।त्यस मध्ये एकजना मनोनित छन् । १८ जनाको निर्वाचन हुन लागेको छ । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसले ७, एमालेले ६ ,नेकपाले ४ र जसपा नेपालले १ स्थान पाउनेमा अनौपचारिक छलफल भएको छ । तर नेपाली कांग्रेसले ८ स्थान पाउनु पर्ने अडानमा कायम रहेकाले एमालेको सिट ५ मा झर्न सक्ने सम्भावना रहेको देखिन्छ । जसपा नेपालले २ स्थान माग गरेको थियो । तर जसपा नेपाललाई १ स्थान मात्र दिनेमा ठूला दलहरु कांग्रेस, एमाले र नेकपाले सहमति जनाएको छ ।

ठाकुर मंगलबार जनकपुरधाम आएर बुधवार उम्मेदवारी दर्ता गर्ने पूर्वप्रदेश सांसद परमेश्वर साहले जनाएका छन् । मधेश प्रदेशमा ४ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन हुन लागेको छ । कांग्रेसले ७ वटै प्रदेशमा १÷१ जना लिने भनेपछि एमालेले ६ वटा प्रदेश र नेकपाले ४ वटा प्रदेशमा उम्मेदवारी दिने छन् ।

Comment


Related News

Latest News

Trending News