२०८२ पुष २२, मंगलवार १६:३८

राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल हुने भएको छ ।

तालमेलका लागि कांग्रसले सात, एमालेले सात, नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने गरी समझदारी भएको बताइएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले चार सिटमा दाबी गरिराखेको छ । जसपाले पनि पहिले लोसपा र जसपाको दुई सिट नै रहेको भन्दै ती सिट आफूले नै पाउनुपर्ने दाबी गरिरहेको छ ।

अहिले निर्वाचन हुने १८ सिटमा मात्रै बाँडफाँट भएको छ । सरकार गैरदलीय भएकाले मन्त्रिपरिषद्ले सिफारिस गर्ने संख्यामा भने दलहरूले हिसाब राखेका छैनन् ।

Comment


Related News

Latest News

Trending News