२०८२ पुष २२, मंगलवार १७:३९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभएको बताएका छन्।

विशेष महाधिवेशन माग गर्दै प्रदर्शनमा रहेकाहरू र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता निधिसँग धकेलाधकेल भएको थियो।

तर आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभई गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्व भएको बताए।

उनले भने, ‘ती गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्वहरू हुन्। त्यो सरकारको पनि कर्तव्य हुन्छ, कुनै एउटा अफिसमा गएर बाटो छेक्ने, बाधा खडा गर्ने प्रयास गर्ने म आउँदा खेरि गाडी, गाडी भित्र पस्ने अवस्था थिएन।’

आफू गाडीबाट ओर्लिएपछि आफूलाई रोक्ने केटाहरूलाई नचिनेको पनि बताए।

Comment

Related News

Latest News

Trending News