२०८२ पुष २३, बुधबार १०:५८
नेपाली बजारमा बुधबार (पुस २३) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलामा ४०० रुपैयाँ घटेको हो । यससँगै छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको दुई लाख ६८ हजार १०० कायम थियो ।
चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार एक तोला चाँदीको मूल्य ४९ सय ३५ रुपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला ४८ सय ८० थियो ।


