२०८२ पुष २३, बुधबार ११:५३
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ।
आज बिहान सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पार्टीको तर्फबाट नाैजना उम्मेदवारको टुंगो लगाएको हो।
कांग्रेसले कोसी प्रदेशबाट सुनिल बहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र रन्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो।



