२०८२ पुष २३, बुधबार १९:३४

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मधेस प्रदेशमा दलित समूहबाट धर्मेन्द्र पासमान र अल्पसंख्यक समूहबाट रञ्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।

जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयअन्तर्गत स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गराएका हुन्। दलित समूहका उम्मेदवार पासमानको प्रस्तावकमा प्रदेशसभा सदस्य श्याम पटेल रहेका छन् भने समर्थकमा मधेस सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय रहेका छन्।

कांग्रेसले मधेस प्रदेशमा समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै उम्मेदवार अघि सारेको जनाएको छ।

Comment

Related News

Latest News

Trending News