२०८२ पुष २३, बुधबार २१:३९
कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्।
बुधबार बेलुकी ९ बजे ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएको घोषणा गरेका हुन्।
उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाइसकेका छन्। घिसिङले ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हाल्दै आएका थिए।


