२०८२ पुष २४, बिहीबार ०८:३६

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय सभाको माघ ११ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता गरेका उम्मेदवारहरूको दाबी विरोधमा उजुरी दिन बिहीबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न प्रदान गर्नेछ।

राष्ट्रियसभामा एमालेका ८, नेपाली कम्युनिस्ट पार्टीका ८, जसपा नेपाल र लोसपा नेपालका समान १–१ र एक स्थान मनोनीतको कोटा रिक्त हुन लागेको हो।

Comment

Related News