२०८२ पुष २५, शुक्रबार ०८:२१

चुरेभावरमा पर्याप्त पानी पुर्नभरण हुन नसक्दा मधेशको पानीको अभाव भएको देखिन्छ । मधेशमा पानीको श्रोत मध्ये भूमिगत माध्यमबाट निकालिने सामुदायिक तथा नीजि इनार, चापाकल, डिप वोरिङ्ग जस्ता पानीका मुहानहरु हुन । तर यी मुहानहरु चुरेभावरमा निर्भर छन् । हरेक मनसुनमा भूमिगत जल मार्फत माटोको सतह तथा पोखरीहरुमा भुँईमुनि वर्षातको पानी पस्दा प्राकृतिक रुपमा भूमिगत जल पुर्नभरण हुने गरेको एक अनुसन्धानले देखाएको छ ।

मधेश सरकार उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, वेल्थ हंगर लाईफको सहकार्य तथा सबल नेपालको आयोजनामा भएको आकाशे पानी संकलन तथा भूमिगत जल पुनर्भरण परियोजनाका तथ्यहरु प्रस्तुत गर्दै अनुसन्धानकर्ता प्रतापसिंह दादरले चूरेमा पानी जम्मा हुने स्थलहरु तथा नहरहरुबाट संकलन गरिएको पानीले उल्लेख्य रुपमा प्राकृतिक भूमिगत जल पुर्नभरण र भूमिगत जलको तह कायम राख्न (वा बढाउन) योगदान गर्ने गरेको तथ्य देखाईएको छ ।

यद्यपि भूमिगत जल दुई प्रमुख कारणले गर्दा खस्कँदो छ । जसको प्रमुख कारणहरुमा चुरेभावर जस्ता प्राकृतिक पुर्नभरण क्षेत्रहरु बन्द भएको र भूमिगत जलको अनियन्त्रित दोहन गर्नाले दिर्घकालनमा पानीको हाहाकार हुने आंकलन गरिएको हो । सिरहाको कर्जन्हा र गोलबजार नगरपालिकामा गरेको एक अध्ययनमा व्यक्ति विशेषको घरधुरीमा रणनीतिक स्थानहरुमा प्रवर्धन गर्न सकिने साधारण तथा न्यून खर्च लाग्ने पुर्नभरण इनारहरुको निर्माण गरेर कृत्रिम पुर्नभरण प्रक्रिया मार्फत भूमिगत जलश्रोतलाई निश्चित कायम गर्न सकिने उल्लेख गरेको छ । उनले भने, ‘जसको मूल श्रोत पुरानो तथा पुरिएका पोखरीहरुलाई व्युताएर पनि गर्न सकिन्छ ।

भूमिगत जल पुर्नभरणले वर्षातको मौसममा आउने पानीको पनि व्यवस्थापन गरेर बाढीको न्यूनीकरण र जलश्रोतको व्यवस्थापनमा पानीको उपयोग दिर्घकालिन अनावृष्टिको रोकथाम हो ।’ ‘चूरेको भावर क्षेत्र एउटा प्राकृतिक पुर्नभरण क्षेत्र हो । जहाँ भूमिगत जल पुर्नभरण हुन्छ, जसले सामुदायिक इनार र चापाकल, डिप बोरिङ्ग र प्राकृतिक पानीको मुहानमा पानीको आपूर्ति गर्दछ ।’, अनुसन्धानकर्ता दादरले भने, ‘ यो परियोजनाको सिमितता भएपनि यस वरपरको क्षेत्रहरुमा भूमिगत जलको पुर्नभरण गर्नेगरी र यस प्रविधिलाई अझ व्यापक समुदायहरु माझ प्रदर्शन, जनचेतना फैलाउने गर्ने लक्ष्य राखेर सञ्चालनमा ल्याउनु सकारात्मक हो ।

परियोजनाले गोलबजारमा राजमार्गको उत्तरतर्फको भावर क्षेत्र र कर्जन्हामा कमला नदी मार्गलाई ‘उच्च सम्भावित’ पुर्नभरणपूर्ति क्षेत्रहरुका रुपमा अंकित गरेको छ । यी क्षेत्रहरु प्राकृतिक पानी प्रवेशद्वारको रुपमा कार्य गर्छन् जहाँ सतही पानी सबैभन्दा प्रभावकारी रुपमा जमिनमा फिल्टर भएर गहिरो पानी भण्डारहरु पुर्नपूर्ति गर्न सक्छ ।’ प्रायः मानवजन्य क्रियाकलापहरुबाट जल प्रदूषणको लागि बढी संवेदनशील हुन्छ ।

अर्थात् भू–जल गुणस्तरमा कृषि क्रियाकलाप, अनुचित सरसफाइ र फोहोरपानी निकास, ठोस फोहोर निपटान र ल्यान्डफिल साईट, औद्योगिक र व्यवसायिक क्रियाकलाप, भू–जलको अत्याधिक निकासी जस्ता कारणले जलप्रदुषण तथा आर्सेनिक युक्त पानी आम नागरिकले पिउन बाध्य भएको तथ्यबाट खुलेको हो । तराई मधेशमा पानीका प्रमुख श्रोत मध्ये भूमिगत जल एउटा प्रमुख श्रोत हो । जसलाई दिर्घकालसम्म टिकाई राख्न पुनःरिचार्ज क्षेत्रहरु संरक्षण गर्न दिगो योजना निर्माण, परम्परागत पुनः रिचार्ज अभ्यासहरुसँगै सीमापार एक्विफर सहकार्य, ट्यूबवेल स्थापना र निकासीलाई उचित नियमनको साथ लाइसेन्सिङको व्यवस्था गर्नुपर्ने अुनसन्धानले देखाएको सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले जानकारी दिए ।

यसका अतिरिक्त सतहमा बग्ने पानीबाट थिगर तथा बालुवा हटाउनका लागि यस क्षेत्रमा फोहर पानी ल्याउन सक्ने ठाउँहरुमा तीन वटा थिगर (सिल्ट) हटाउने बेसिनहरुको निर्माण गरिनुपर्ने अर्का अनुसन्धानकर्ता प्रकाश राईले अन्नपूर्णलाई बताए । उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयकी खानेपानी महाशाखाकी प्रमुख लक्ष्मी पन्तले सबल नेपाल सहित वेल्थ हंगर लाईफलाई आकाशे पानी संकलन तथा भूमिगत जल पुर्नभरण परियोजना सञ्चालनले मन्त्रालयलाई सहयोग पु¥याउने बताए ।

पानीका श्रोतहरुको संरक्षण तथा पुनः भर्ने, जिम्मेवारीपूर्ण पानीको प्रयोगको प्रवद्र्धन तथा सबैजनाका लागि सफा पानीमा पहुँच सुनिश्चित गर्न सहयोग पु¥याउने हाम्रो जिम्मेवारी संगसंगै भएको प्रादेशिक प्रमुख निर बहादुर आलेको भनाई थियो ।

Comment


Related News

Latest News

Trending News