२०८२ पुष २५, शुक्रबार ०८:२४

रामानन्दीय श्री वैष्णव संघले जगद्गुरु श्री रामानन्दाचार्यको सप्ताहव्यापी जयन्ती महोत्सव जनकपुरधाममा मनाइदैछ ।

रामानन्दीय श्री वैष्णव संघ परिवारको आयोजनामा जनकपुरधाम स्थित तुलसी सदनमा दैनिक भक्तमाल कथा, मंगल गान सहितको विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी जगदगुरु श्री रामानन्दाचार्यको जन्म जयन्ती महोत्सव मनाईरहेको हो । पुस २६ गते जगद्गुरु श्री रामानन्दाचार्यको जन्मोत्सवकालागि भव्य तयारी गरिएको रामानन्दीय वैष्णव संघका अध्यक्ष रामरोशन दासले बताउनु भयो ।

जन्मोत्सवका दिन पूजा अर्चना, भक्तमाल कथा, जगदगुरु रामानन्दाचार्यमाथि चर्चा तथा उनले दिएको उपदेश बारे जयन्ती सभा आयोजना गरिने वैष्णव संघका अध्यक्ष दासले जानकारी दिनुभयो । जगदगुरु रामानन्दाचार्य हिन्दु सम्प्रदायलाई एक गर्न तथा हिन्दु धर्मको प्रचार प्रसारमा अतुलनीय योगदान पुर्याएकाले सन्त समुदाय उनको जन्मोत्सव प्रत्येक वर्ष श्रद्धापूर्वक मनाउँदै आएका छन् ।

उनकै स्मृतिमा जनकपुरधामको रामानन्द चोकमा प्रवेशद्वार समेत निर्माण गरिएको छ । जगदगुरु रामानन्दाचार्यको जन्म सन् १२९९मा माघ महिनाको सप्तमी तिथिका दिन भारतको प्रयागराजमा भएको थियो ।

Comment


Related News