२०८२ पुष २५, शुक्रबार १६:५०

नेपालकाे विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेकाे छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । गएको असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति १९ दशमलव ६ प्रतिशतले बढेको हो ।

यस्तै चालू आर्थिक वर्षकाे साउनदेखि मङ्सिर पाँच महिनासम्म चालू खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु निर्यात ५८ दशमलव २ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा कुल वस्तु आयात १५ दशमलव ८ प्रतिशतले बढेर ७ खर्ब ६६ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । योसँगै कुल वस्तु व्यापार घाटा १० दशमलव ५ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

यस्तै गएको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १ दशमलव ६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ०५ प्रतिशत रहेको थियो ।

Comment


Related News

Latest News

Trending News