२०८२ पुष २६, शनिबार ०७:२६

धार्मिक, सांस्कृतिक, पर्यटनीय क्षेत्रको प्रचुर सम्भावना रहे पनि यसको प्रचारप्रसारको अभावका कारण मधेश प्रदेश, कोशी प्रदेशलगायतका क्षेत्रमा पर्यटकहरु अपेक्षाकृत उल्लेख्य रुपमा नरहेकाले यसको प्रचारप्रसार नेपाल–भारततर्फका सरोकारवालले चासो लिएका छन् ।

धार्मिक, सांस्कृतिक महत्व रहे पनि उल्लेख्य रुपमा पर्यटकलाई बुझाउने गरी यसको जानकारी हुन नसक्दा पर्यटकहरु अन्योलमा पर्ने गरेकाले ट्राभल्स टुर्स र होटेल व्यवसायीहरुसंगै मधेश प्रदेश र कोशी प्रदेश सरकारले आ–आफ्नो क्षेत्रको यथेष्ट जानकारीसहितका लागि मेलाको आयोजना गरिएको छ । बंगाल ट्राभल मार्टस्, नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धन विषयक तीन दिवसीय पर्यटन मेला भारतको पश्चिम बंगालस्थित सिलिगुढीमा शुक्रबारदेखि शुरु भएको छ ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय मधेश प्रदेश, कोशी प्रदेश सरकार र होटेल एशोसिएसन अफ नेपाल मधेश प्रदेशको संयुक्त तत्वावधानमा मधेश प्रदेशबाट पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेको नेतृत्वमा होटेल एशोसिएसन नेपाल मधेश प्रदेशका अध्यक्ष हिरा गौतम, अञ्जनी स्वीट्सका प्रतिनिधिलगायतका होटेल व्यवसायीहरुको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने उक्त मेलामा भारत र नेपालको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने उद्देश्यले दुई देशका पर्यटन व्यवसायीहरु छलफलसमेत गरेका छन् ।

मधेश प्रदेशबाट सांस्कृतिक धार्मिक परम्परागत भोजनको प्रवद्र्धन गर्दा मधेश प्रदेशमा पर्यटकहरुको आकर्षण बढ्ने सचिव घिमिरेले बताए । मधेशलगायतका विभिन्न क्षेत्रमा आउने पर्यटनलाई पर्यटकका रुपमा आकर्षित गर्न योजना र रणनीतिका लागि समेत दुवै देशबीचका होटेल व्यवसायीहरु अग्रसर देखिएका छन् ।

तुलनात्मक रुपमा विगतभन्दा अहिलेको मधेश प्रदेश, कोशी प्रदेशलगायतका विभिन्न प्रदेशको पर्यटकीय क्षेत्रमा व्यापक फड्को मारेकाले यसको धार्मिक, सांस्कृतिक, परम्परागत भोजन र पर्यटक स्थल र देवभूमिसहितको स्थलको विस्तृत रुपमा अवगत गराउँदै एकअर्काबीचको समन्वय र सहकार्यमा सचिव घिमिरेले जोड दिए । यस मेलामा होटेल र टुर्स ट्राभल्सहरुको प्रचारप्रसार र धार्मिक सांस्कृतिक स्थल तथा होटेलको सेवा संरचनागत सुविधा र स्थानीयस्तरमा रहेको पर्यटकीय क्षेत्रको अवलोकनलगायतका बारेमा समेत आदानप्रदान गरिएको अञ्जनी स्वीट्सका प्रतिनिधिले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News