उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)संगको पार्टी एकता भंग भएको घोषणा गरेको छ ।
शनिबार पार्टी कार्यालय त्रिपुरेश्वरमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासंगको एकता भंग भएको घोषणा गरेको हो । बैठकमा उज्यालो नेपाल पार्टीका अनुपकुमार उपाध्यायले निजी कारण देखाउदै राजीनामा दिनुभएको थियो भने उपाध्यायले राजीनामा दिएपछि उज्यालो नेपालले कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले एकताका समयमा रास्वपासंग भएको सहमति कार्यान्वयन नभएकाले एकताबाट अलग हुने निर्णय गरिएको बताउनुभयो । त्यस्तै रास्वपाले पनि एकतर्फी रुपमा सहमति भङ्ग भएको घोषणा गरेकै कारण आफुहरु एक्लै अघि बढ्ने निर्णयमा पुगेको घिसिङले बताउनुभयो । घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेपनि रास्वपाका नेताहरुले पदलाई लिएर आफ्नो बद्नाम गर्ने काम गरेको गुनासो गर्नुभयो । उहाले आफु साधारण सदस्य बसेर भएपनि अन्य नेताहरुलाई व्यवस्थापन गर्न प्रस्ताव गर्दा रास्वपालाई स्वीकार्य नभएको जिकिर गर्नुभयो । पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको उहाले बताउनुभयो ।
अव पार्टीलाई समावेशी रुपमा देशव्यापी बनाइने र चिम चूनाव चिन्हबाट निर्वाचनमा होमिने उल्लेख गर्नुभयो । घिसिङले समानुपातीकका बिषयका व्यवस्थापन भइरहेको भन्दै व्यवस्थापन हुन नसके प्रत्यक्षमा मात्रै भएपनि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर निर्वाचनमा जाने उद्घोष गर्नुभयो ।


