२०८२ पुष २७, आईतवार ०७:३९

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आइतबारदेखि शुरु हुन लागेको कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सभ्य र भव्य बनाउन मञ्च व्यवस्थापनको काम पूरा भएको जनाइएको छ ।

कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजक समितिले आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरिएको छ । काठमाण्डुस्थित भृकृटीमण्डपमा शनिबार पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरिएको छ । विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले संख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

केन्द्रीय सदस्य शिवाकोटाले विभिन्न जिल्लाका महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा थप खुल्दै गएको दाबी गरे । उनले २ हजार ४ सय ८८ जनाको हस्ताक्षरबाट सुरु भएको विशेष महाधिवेशनको मागलाई जिल्लाजिल्लाबाट साथ दिन प्रतिनिधिहरू आउँदै गरेको पनि बताए । तनहुँ, झापा, धनुषा, रूपन्देही, मनाङलगायतका जिल्लामा खुलेर प्रतिनिधि थपिएकाले संख्या बढेको उनले बताए ।

पार्टीको विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागेको हुँदा पार्टी फुटाउने नभई थप बलियो बनाउन विशेष महाधिवेशन अपरिहार्य रहेको नेता शिवाकोटीले जिकिर गरे । यता कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर–त्रास र भयरहित वातावरणमा सहभागी हुन आह्वान गरे ।

विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका तथा पार्टी विभाजनको कठिन समयमा समेत साथ दिएका श्रेष्ठले देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लाद्न खोजेको आरोप लगाए । विशेष महाधिवेशनमा कसैको डर नमानी सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई उनले आग्रह गरे ।

विशेष महाधिवेशनको सवालमा श्रेष्ठले भने, ‘नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मेरो पूर्ण समर्थन र सहयोग छ । साथीभाईहरू कसैको डर, त्रास नमानीकन निर्धक्क भएर सहभागी हुनुहोस् ।’ उनले नेताहरूलाई कारबाही गर्ने धाकधम्कीका कारण कार्यकर्ता डराउन नपर्ने स्पष्ट पारे । पुस २७ र २८ मा हुने विशेष महाधिवेशनलाई वैधानिक र विधिसम्मत प्रक्रिया भन्दै नेता श्रेष्ठले विधानअनुसार अघि बढ्दा पार्टी फुट्ने कुनै कारण नरहेको दाबी गरे । उनले भने, ‘ विधिवत्, विधानअनुसार नै विशेष महाधिवेशन हुँदा किन पार्टी फुट्छ ेष्ठले विगतमा शेरबहादुर देउवालाई सहयोग गरेर गल्ती भएको स्वीकारसमेत गरे । ‘ विगतमा देउवालाई सहयोग गरियो, त्यो गल्ती भयो,’ उनले भने, ’आज पार्टीभित्र तानाशाही प्रवृत्ति देखिएको छ, यो लाद्न पाइँदैन ।’ सभापति देउवाले पूर्णबहादुर खड् कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गए पनि फर्किएपछि पार्टीभित्र साथीभाईको कुरा नसुनी एकलौटी निर्णय गर्न खोजेको उनले आरोप लगाए । नेता श्रेष्ठले आक्रोश पोख्दै भने, ‘सिंगापुर जानुभन्दा अगाडि कार्यवाहक तोक्ने, सक्रिय राजनीति छोडेँ भन्ने अनि सिंगापुरबाट फर्केपछि साथीहरूका कुरा नसुनी आफ्नो एकलौटी गर्न मिल्छ

Comment


Related News

Latest News

Trending News