२०८२ पुष २७, आईतवार ०८:०७

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ । पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ । १७७९ सालमा जन्मिएका शाहको आज ३ सय ४औँ जन्मजयन्ती हो । उहाँले आधुनिक नेपालको एकीकरणमा पुर्‍याएकाे योगदानको स्मरण गर्दै प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका अगाडिको पृथ्वीनारायणको सालिकमा पुष्पमाला अर्पण गरी सम्मान व्यक्त गरिन्छ ।

पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चियापान समारोहको आयोजना गरेको छ । शाहको जन्मस्थान गोरखामा हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिन्छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डामा पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।

शाहको १८३१ सालमा ५२ वर्षको उमेर निधन भएको थियो । शाहले आफ्नो शासनकालमा दिएका ‘घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायतका दिव्योपदेश आज पनि त्यत्तिकै सान्दर्भिक छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र एवम् सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले संदेशमार्फत् देश अहिले सङ्कटमा रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News