२०८२ पुष २८, सोमबार ०७:२७

नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशन काठमाण्डुको भृकुटिमण्डपमा शुरु भएको छ । उक्त विशेष महाधिवेशनमा धनुषा जिल्लाबाट सबैभन्दा कम महाधिवेशन प्रतिनिधि सहभागी भएको बताइएको छ ।

मधेश प्रदेशको सिरहा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाबाट विशेष महाधिवेशनमा बहुमतभन्दा बढी प्रतिनिधिहरु सहभागी भए पनि धनुषाबाट भने न्यून संख्यामा सहभागी देखिएको छ ।

धनुषाबाट विशेष महाधिवेशनमा एक सय प्रतिनिधि रहेको कांग्रेस धनुषाका जिल्ला सचिव कन्हैया कर्णले जानकारी दिए । सोमध्ये करिब दुई दर्जन प्रतिनिधिहरु सहभागी भएको हुन सक्ने दाबी गरे ।

धनुषाबाट विशेष महाधिवेशनमा धनुषा जिल्लाबाट हँसपुर नगरपालिकाका मेयरसमेत रहेका पार्टीको मधेश प्रदेशका कोषाध्यक्ष प्रदीप यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियार, धनुषा जिल्ला पार्टीको उपसभापति गणेश झा, प्रफुल्लराज घिमिरे, धीरेन्द्र मोहन झा, दिगम्बर राय, कोमलकान्त झा, मुक्ता यादव, सम्झना वर्मा, रामपल्टन साह, पंकज महतोलगायत २२ जनाभन्दा बढी पदाधिकारी र प्रतिनिधिसमेत विशेष महाधिवेशनमा सहभागी रहेको नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य जीवनाथ चौधरीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News