२०८२ पुष २८, सोमबार ०७:३१

मधेस प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई दिइएको छ ।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सरकारका प्रवक्ता तोक्नुका साथै प्रदेशस्तरीय समस्या समाधानका लागि तीन उच्चस्तरीय समिति गठन गर्ने निर्णय समेत गरेको छ । सरकारले प्रदेशमा देखिने राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक–सामाजिक समस्याहरूको अध्ययन र समाधानका लागि तीन/तीन सदस्यीय समिति गठन गरेको छ ।

राजनीति तथा प्रशासन समितिको संयोजकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेललाई तोकिएको छ । यस समितिको सदस्यहरुमा खेलकूद तथा समाज कल्याण मन्त्री वसन्त कुशवाह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेल सदस्य रहेका छन् । कानुन, न्याय तथा मामिला समितिको संयोजकको जिम्मेवारी श्रम तथा यातायात मन्त्री मनिष सुमनलाई दिइएको छ ।

उक्त समितिको सदस्यहरुमा गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतो र वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी रहेका छन् । त्यसैगरी आर्थिक तथा सामाजिक समितिको संयोजकमा अर्थमन्त्री महेश यादवलाई जिम्मेवारी तोकिएको छ । समितिका सदस्यहरुमा भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा रहेका छन् । सरकारले यी समितिहरूमार्फत प्रदेशस्तरीय समस्या पहिचान, समन्वय र समाधानलाई थप प्रभावकारी बनाउने अपेक्षा लिएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News