२०८२ पुष २८, सोमबार १६:१५

नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा विश्वप्रकाश शर्माले पार्टीको संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै सुशासन र पार्टी सुधारमा पार्टीले गरेका कमजोरीहरू औंल्याएका छन्। उनले प्रतिवेदनमा नागरिकको असन्तुष्टिलाई समयमै नचिन्ने र व्यवस्थापन गर्न नसक्ने कमजोरीमाथि प्रकाश पारेका छन्।

‘नागरिकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाए, भरोसा दिए तर हामी किन उनीहरूको असन्तुष्टिलाई समयमै चिन्न र सम्बोधन गर्न सकेनौं?’ उनले प्रश्न गरे। यस विषम परिस्थितिमा देशलाई नयाँ मोडमा लैजान नवीन मनोविज्ञान र इच्छाशक्तिको आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उनले पार्टीको पुनर्निर्माण र रिब्रान्डिङ आवश्यकतामा जोड दिँदै पुरानो भावनाको कांग्रेसलाई नवीन आशा, विश्वास र सुशासन दिने दिशामा अघि बढ्नुपर्ने बताए।

उनले पार्टीभित्र असहमतिलाई विरोधीको रूपमा हेर्ने प्रवृत्तिलाई परित्याग गर्नुपर्ने, विचारको सम्मान गर्दै नेतृत्वमा स्पष्टता र भरोसा कायम गर्नुपर्नेमा जोड दिएका छन्।

शर्माले जेनजी अर्थात् नवयुवाको प्रदर्शन र असन्तुष्टिको मूल्यांकन गर्दै उनीहरूको माग र पीडालाई बुझ्दै भविष्यमा यस्तो अवस्था नदोहरिनका लागि दीर्घकालीन रणनीति आवश्यक भएको बताए।

प्रतिवेदनमा आर्थिक, प्रशासनिक, सामाजिक र राजनीतिक क्षेत्रका चुनौतीहरूबारे विश्लेषण गर्दै शर्माले लगातार हुने सरकार परिवर्तन, नीतिगत अस्थिरता, भ्रष्टाचार, शिक्षा र स्वास्थ्य क्षेत्रमा अधुरो कार्यान्वयन जस्ता कारणहरूले नागरिक असन्तुष्टिलाई बढाएको औँल्याएका छन्।

शर्माले पार्टीलाई समग्रमा नवीन बनाउँदै सद्भाव, सुशासन र समुन्नतिको मार्गमा अघि बढाउन आह्वान गर्दै विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउने संकल्प व्यक्त गरे।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ

 

Comment


Related News

Latest News

Trending News