२०८२ पुष २८, सोमबार १८:१६

आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीबाट ६० जनाभन्दा धेरैले नाम फिर्ता लिन निवेदन दिएका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिलेसम्म ६० जनाभन्दा धेरै नाम फिर्ता लिइसकेका छन् । उम्मेदवारी फिर्ता लिने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिए पनि अझै निवेदन दिने क्रम चलिरहेकाले सङ्ख्या बढ्न सक्ने उहाँले बताउनुभयो ।

नाम फिर्ता लिनेहरूमा अहिलेसम्म जनमत पार्टीका १९ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका १२ जना, नेकपा एमालेका ३ जनालगायतका दलका उम्मेदवार रहेका छन् । प्रतिनिधिसभाका २ सय ७५ सिटमध्ये १ सय १० सिट समानुपातिक प्रणालीबाट चयन हुने व्यवस्था छ ।

Comment


Related News

Latest News

Trending News