२०८२ पुष २९, मंगलवार ०८:४५

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशबाट विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दिएकाहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले दलीय हिसाबले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेका हुन् । कांग्रेसका उम्मेदवारलाई रुख, एमालेका उम्मेदवारलाई सुर्य, जसपा नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोसपाका उम्मेदवारलाई साइकल छाप चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत पुरीले जनाएको छ ।

महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालका चन्द्र कला देवी रहेका छन् । दलित समूहमा नेपाली काँग्रेसका धर्मेन्द्र पासवान, नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान हजारी, जनता समाजवादी पार्टीका चमेली देवी दास, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका रञ्जित कर्ण, नेपाली कम्युनिष्ट पार्टीका रामानन्द प्रसाद र जनता समाजवादी पार्टी नेपालका शैलेश कुमार चौधरी रहेका छन् ।

यसैगरी अन्य समूहमा नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल र लोकतान्त्रिक पार्टी नेपालका महन्थ ठाकुर रहेका छन् । माघ ११ गते जनकपुरधामका महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक भवनमा चुनाव हुनेछ । सो चुनावमा प्रदेश सभा सदस्य तथा पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने कार्यक्रम रहेको छ ।

मधेश प्रदेशमा कांग्रेस—एमाले—जसपा नेपाल गठबन्धन बलियो देखिएको छ । जसपा नेपाल—लोसपा एकीकृत भएका कारण गठबन्धनले लोसपा उम्मेदवार ठाकुरलाई समर्थन जनाएका छन् भने सहमति विपरित जसपा नेपालले अन्य बाहेकका तीन समूहमा उम्मेदवारी गराउंदा तिनीहरुलाई निष्क्रिय पार्ने सहमति भएको छ ।

Comment


Related News

Latest News

Trending News