२०८२ पुष २९, मंगलवार ०९:२८

जारी विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज (मंगलबार) बिहानै वार्ता सुरु भएको छ।

बिहान साढे ८ बजेदेखि संस्थापन र विशेष महाधिवेशन पक्षबिच लाजिम्पाटमा वार्ता भइरहेको हो।

छलफलमा सभापति शेरबहादुर देउवा पक्षबाट नेताहरू रमेश लेखक र बालकृष्ण खाँण, शेखर काेइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल तथा विशेष महाधिवेशन पक्षधरबाट नेताहरू प्रदीप पाैडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।

यसअघि विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।

Comment


Related News

Latest News

Trending News