२०८२ पुष २९, मंगलवार १५:१०

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीको शपथ लिएका छन्।

मंगलबार पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा उनीहरुलाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले सपथ खुवाएका हुन्।

तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो।

नेकपाका करिब २५ सय केन्द्रीय सदस्यहरूले पनि पद तथा गोपनीयताको शपथ लिँदैछन्।

Comment

Related News

Latest News

Trending News