२०८२ पुष २९, मंगलवार १६:४२
सिमलताल दुर्घटनामा बेपत्तामध्ये एक गाडी तनहुँ प्रहरीले फेला पारेको छ ।
वीरगन्जबाट काठमाडौंतर्फ गइरहेको गणपति डिलक्सको भग्नावशेष त्रिशुली नदीको तनहुँ तर्फ भेटिएको हो ।
बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति बसको भग्नावशेष फेला परेको तनहुँका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले बताए ।
उक्त बस २०८१ असार २८ मा त्यहाँ बेपत्ता भएको थियो ।


