विशेष अदालतले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाको तत्कालीन सब–इन्जिनियर दिपेन्द्र कुमार झालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको ठहर गर्दै दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले मंगलबार झालाई दोषी ठहर गर्ने फैसला सुनाएको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
उनले सब–इन्जिनियर पदमा करार नियुक्ति लिनका लागि डिप्लोमा इन सिभिल इन्जिनियर एकेडेमीक ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको वेस्टर्न रिजन क्याम्पस पोखराबाट उत्तीर्ण गरेको भनी चारित्रिक प्रमाणपत्र समेतका नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्दा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेर नियुक्ति लिएको पाइएपछि गत असार ३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।


