२०८२ पुष ३०, बुधबार ०७:१८
सुरक्षा सम्बन्धी बैठकका लागि गृहमन्त्री ओमप्रकाश अर्याल जनकपुरधाम पुगेका छन् ।
जनकपुरधाममा आयोजना हुने मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुने गृहमन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ र सुरक्षा निकायका उच्च अधिकारीसहितको सुरक्षा टोली जनकपुरधाम आएको हो ।
गृहमन्त्री र गृहसचिवलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकरी प्रेमप्रसाद लुइटेल र सुरक्षा निकायका प्रतिनिधिहरु जनकपुरधामस्थित विमान स्थल पुगेका थिए ।
बुधवारदेखि हुने सो गोष्ठीमा आगामी निर्वाचनको सुरक्षा व्यवस्था, अन्तरनिकाय समन्वय र सम्भावित चुनौतीबारे छलफल हुने प्रशासन श्रोतले जनाइएको छ ।


